२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वैदेशिक व्यापार: निर्यात ६५ प्रतिशतले बढ्यो


सञ्चार डबली
  • आइतबार, वैशाख ७ २०८२
  • 6.7K
    SHARES

  • images
    वैदेशिक व्यापार: निर्यात ६५ प्रतिशतले बढ्यो


    काठमाडौं । नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ६५.१६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्ममा नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

    जुन गत वर्षको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । निर्यातमा उल्लेख्य वृद्धि भएसँगै आयात पनि १२ प्रतिशतले बढेको छ ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मुलुकबाट १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा १२.१८ प्रतिशतले कमि थियो । गत वर्षको तुलनामा व्यापार घाटा भने ६.४५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend