२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको “टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौँ” योजना सार्वजनिक


सञ्चार डबली
  • बुधबार, वैशाख ३ २०८२
  • 6.0K
    SHARES

  • images
    कुमारी बैंकको “टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौँ” योजना सार्वजनिक

    बुधबार, ०३ बैशाख २०८२
    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ योजना “टपअप र फोनपे डिरेक्ट गरौं,बम्पर उपहार जितौँ” सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनाले रु.१०० को मोबाइल रिचार्ज समेत उपहार पाउनेछन् ।

    यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डिरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार (आईफोन १६) को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् ।

    साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना वैशाख १ देखि  वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोनपे डिरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु रहेका छन् ।  आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend