२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता 


सञ्चार डबली
  • बुधबार, वैशाख ३ २०८२
  • 7.4K
    SHARES

  • images
    प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता 

    बुधबार, ०३ वैशाख २०८२
    पोखरा, प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.-६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२/०१/०२ मा एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    मिति २०८२/०१/०२ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत-गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. विच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend