२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वर्षको अन्तिम दिन सामान्य अङ्कले घट्यो नेप्से, कति भयो कारोबार ? 


सञ्चार डबली
  • आइतबार, चैत ३१ २०८१
  • 6.8K
    SHARES

  • images
    वर्षको अन्तिम दिन सामान्य अङ्कले घट्यो नेप्से, कति भयो कारोबार ? 

    काठमाडौं । नेप्से परिसूचक २०८१ सालको कारोबार हुने अन्तिम दिन सामान्य अङ्कले घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ८.६२ अङ्कले घटेर २६६२.०८ विन्दुमा झरेको हो। कारोबार रकममा भने सामान्य वृद्धि भएको छ।

    कारोबार हुने साताको अन्तिम दिन गत बिहीबार साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आइतबार भने ३२२ स्टकको ५४ हजार ३६१ पटकको कारोबारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    सेन्सेटिभ इण्डेक्स ०.४० र सेन्सेटिभ फ्लोट इण्डेकस ०.१५ अङ्कले बढे पनि फ्लोट इण्डेक्स भने आइतबार ०.३९ अङ्कले घटेको छ। १३ उपसमूहमध्ये आइतबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

    लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो।कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा धेरै १.४० प्रतिशत घटेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    विन नेपाल लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र बाराही हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।त्रिशूली जलविद्युत कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। 

    कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सिईडिबी होल्डिङ्गसको ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४४ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको करिब ४४ करोडको शेयर किनबेच भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend