२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने


सञ्चार डबली
  • आइतबार, चैत ३१ २०८१
  • 5.5K
    SHARES

  • images
    राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

    केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने छ ।

    राष्ट्र बैंकका अनुसार ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । आगामी ३ वैशाख साँझ ७ भित्र आवेदन दिनुपर्ने छ ।

    बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ८ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend