२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि कमी


सञ्चार डबली
  • मंगलबार, चैत २६ २०८१
  • 5.9K
    SHARES

  • images
    ३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि कमी


    काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय ६६ दशमलव ६१ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend