२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गण्डकीमा प्रभु बैंकको उद्यम र उपभोक्तालाई लक्षित केन्द्रको उद्घाटन


सञ्चार डबली
  • आइतबार, चैत २४ २०८१
  • 6.7K
    SHARES

  • images
    गण्डकीमा प्रभु बैंकको उद्यम र उपभोक्तालाई लक्षित केन्द्रको उद्घाटन

    आइतबार, २४ चैत, २०८१

    काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गरी SME & Consumer Banking HUB Gandaki सेवा केन्द्रको स्थापना गरेको छ । गण्डकी प्रदेशमा स्थापित उक्त केन्द्रको औपचारिक उद्घाटन बैंकका प्रदेश प्रमुख अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रानाले बैंकको यो नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।

    SME & Consumer Banking HUB Gandaki मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । केन्द्रले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा उपलब्ध गराउनेछ ।

    त्यस्तै, उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका ऋण योजनाहरू केन्द्रबाट उपलब्ध हुनेछन् ।

    कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसले प्रदेशमा आर्थिक गतिशीलता र उद्यमको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

    SME & Consumer Banking HUB Gandaki मार्फत प्रदान गरिने प्रमुख सेवाहरू: 
    - व्यवसाय तथा परियोजना ऋण  
    - उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)  
    - वित्तीय परामर्श सेवा  
    - द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया

    इच्छुक ग्राहकहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend