२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जुनसुकै ब्रान्डका पुराना गाडी दिएर किया ईभी६ र ईभी९ लिन सकिने कार्निभलको अन्तिम दिन आज


सञ्चार डबली
  • आइतबार, चैत २४ २०८१
  • 6.8K
    SHARES

  • images
    जुनसुकै ब्रान्डका पुराना गाडी दिएर किया ईभी६ र ईभी९ लिन सकिने कार्निभलको अन्तिम दिन आज


    काठमाडौं । पुराना गाडी दिएर कियाको नयाँ ईभीसँग एक्स्चेन्ज गर्न सकिने गरी आयोजित किया एक्स्चेन्ज कार्निभल आज अन्तिम दिनमा चल्दैछ । काठमाडौँको गैरिधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा शुक्रबारदेखि सुरु एक्स्चेन्ज कार्निभल आइतबार सम्पन्न हुने भएको हो ।

    कार्निभलले सवारी साधनका पारखीलाई कियाका नयाँ विद्युतीय तथा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अवसर प्रदान गरिरहेको छ । नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।

    कार्निभलको अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका नयाँ गाडी लिन सकिने कम्पनीले जनाएको छ । कार्निभलमा कियाका गाडीहरूको टेस्ट ड्राइभमा सहभागीका हुनेहरूलाई कम्पनीले विशेष उपहारको व्यवस्था पनि गरेको छ । कार्निभलमा एक्स्चेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend