२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट


सञ्चार डबली
  • शुक्रबार, चैत २२ २०८१
  • 4.9K
    SHARES

  • images
    गरिमा विकास बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट

    शुक्रबार, २२ चैत्र २०८१
    काठमाडौं । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूलाई दराजमार्फत सामान खरिद गर्दा विशेष छुट दिने योजना सार्वजनिक गरिएको छ।

    गरिमा विकास बैंक र अनलाइन किनमेल प्लेटफर्म दराजबीच भएको सहमति अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजमा खरिद गर्दा छुट पाउने भएका हुन्। सम्झौता अनुसार, बैंकका क्रेडिट कार्ड होल्डरहरूले दराजको वेबसाइट वा मोबाइल एप प्रयोग गरी कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम सात सय पचास रुपैयाँसम्म छुट पाउनेछन्।

    यस्तै, डेबिट कार्ड होल्डरहरूले १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट योजना २०८१ सालको चैत २२ गतेदेखि लागू भई चैत ३१ गतेसम्म सीमित अवधिका लागि सञ्चालन हुनेछ। छुट प्राप्त गर्न ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध गरिमा विकास बैंकको नाममा रहेको भौचर संकलन गर्नुपर्नेछ।

    नयाँ वर्षको सुरुवातसँगै ग्राहकलाई प्रोत्साहन दिने उद्देश्यले ल्याइएको यो योजना मार्फत अनलाइन खरिदमा सहजता र बचत दुवै सुनिश्चित हुने बैंकले विश्वास लिएको छ।

    हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५० वटा एटीएममार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend