२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरूलाई भारतको एपोलो अस्पतालमा विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, चैत २२ २०८१
  • 5.6K
    SHARES

  • images
    सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरूलाई भारतको एपोलो अस्पतालमा विशेष छुट

    शुक्रबार, २२ चैत्र २०८१
    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. सँग सहकार्य गरेको छ ।

    सानिमा भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ ।

    ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्नेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२६ वटा ए।टि।एमहरु सञ्चालनमा रहेका छन्।

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend