२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकले विभिन्न कार्यक्रम गर्दै मनायो २४ औँ वार्षिकोत्सव


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 5.9K
    SHARES

  • images
    कुमारी बैंकले विभिन्न कार्यक्रम गर्दै मनायो २४ औँ वार्षिकोत्सव

    बिहिवार, चैत २१ २०८१
    काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । विभिन्न कार्यक्रमहरु आयोजना गरेर बैंंकले २४औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहकहरूलाई आभार व्यक्त गरेको छ ।

    साथै, बैंकले देशकै अग्रणी बैंक बन्ने परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

    कुमारी बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो  परम्परा र सांस्कृतिको महत्त्व दर्शाउन ‘परम्परागत भेषभुषा’ पहिरन गर्न प्रोत्साहित गरेको छ ।

    कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान तथा सम्बर्धन गर्न मद्दत पु¥याएको विश्वास लिएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा ‘विविधतामा एकता’लाई जोड दिएको छ ।

    उक्त पहल मार्फत, बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्यभित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

    यसका साथै वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना भएको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

    विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend