२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 6.9K
    SHARES

  • images
    नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं ।  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले गत ११ र १२ असोजमा गएको बाढीपहिरोले अर्थतन्त्रमा असर गरे पनि पुन:उत्थानका लागि सरकारले गरेका कामले आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने बताएको छ ।

    सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतले नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) बढ्ने अनुमान गरेको छ । विश्व बैंकले आगामी दुई आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend