२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पाकिस्तानमा भारी वर्षा : ७ जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 8.6K
    SHARES

  • images
    पाकिस्तानमा भारी वर्षा : ७ जनाको मृत्यु


    काठमाडौं ५ असार । पाकिस्तानमा भारी बर्षाका कारण ७ जनाको मृत्यु भएको छ ।खैबर पख्तुनख्वा प्रान्तको तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको हो ।


    सो बाढीको चपेटामा परेर अन्य ७२ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन । बन्नुका कमिश्नर परवेज सबतखेलले डन अखबारलाई भने, ‘ बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावाको साथ भारी वर्षा भएको छ।’

    उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ । क्षतिको विवरण लिन प्रभावित क्षेत्रमा टोली पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend