२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तनहुँस्थित गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 9.6K
    SHARES

  • images
    तनहुँस्थित गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

    काठमाडौंं ५ असार । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए ।

    ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend