२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ,  बम्पर उपहार जितौँ’ अभियान सुरु


सञ्चार डबली
  • सोमबार, चैत ४ २०८१
  • 21.0K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ,  बम्पर उपहार जितौँ’ अभियान सुरु

    सोमवार, चैत ४ २०८१
    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ अभियान ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ! सार्वजनिक गरेको छ। सोअभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउन सक्नुहुनेछ, जसमा बम्पर उपहार आइफोन १६ पनि रहेको छ।

    यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्म मार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो ।मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै, बैंकले डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउन चाहन्छ साथै ग्राहकहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गर्ने लक्ष्य राखेको छ।

    यस अभियानमा सहभागी हुन, ग्राहकहरूले आरबिबि डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ।

    यी कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नुहुनेछ। यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नुहुनेछ। साथै, अभियानको अन्त्यमा, एक भाग्यशाली ग्राहकलाई नयाँ आइफोन १६ उपहार जित्न सक्नुहुनेछ।

    यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend