२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंक लिमिटेडको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०८१’ को बाँडफाँड


सञ्चार डबली
  • सोमबार, चैत ४ २०८१
  • 8.2K
    SHARES

  • images
    एभरेष्ट बैंक लिमिटेडको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०८१’ को बाँडफाँड


    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०८१’ को बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। बैंकले गत फागुन १८ देखि २३ गतेसम्म ऋणपत्र बिक्रीको लागि आवेदन आह्वान गरेको थियो। उक्त ऋणपत्र चैत १ गते बाँडफाँड गरिएको हो।

    यस प्रक्रियामा कुल ३० लाख ऋणपत्र बिक्रीका लागि उपलब्ध गराइएको थियो, जसमा १८ लाख ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिएको थियो। सर्वसाधारणको लागि छुट्ट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको जानकारी प्राप्त भएको छ।

    एभरेष्ट बैंकको यस ऋणपत्रमा ७.५० प्रतिशत ब्याजदर रहेको छ र यसको अवधि १० वर्षको रहने छ। ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा, अर्थात् प्रत्येक ६ महिनामा हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend