२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण सार्वजनिक


सञ्चार डबली
  • आइतबार, चैत ३ २०८१
  • 6.4K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण सार्वजनिक

    आइतवार, चैत ३ २०८१
    काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।

    महत्वपुर्ण चाडपर्वहरू, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरूलगायतका सम्पूर्ण  विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

    नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न-डाउनलोड गर्न सकिनेछ । बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend