२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी बेपत्ता


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 10.9K
    SHARES

  • images
    टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी बेपत्ता


    काठमाडौं, ५ असार । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएको । सो जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ । पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आजएको पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा बेपत्ता भएकाको खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए।

    बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ। सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

    पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूबाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूबाट पठाउन थालिएको थियो । जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु २ लाख ५० हजार युरो लिँदै उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, सोमवार देखी सो जहाज बेपता छ ।सो कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेको छ, हराइरहेको पनडुब्बीको स्वामित्व हाम्रो कम्पनिसँग छ, सो पनडुब्बीमा मानिसहरु छन्, जसको खोजी भइरहेको छ ।

    ‘हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ सो कम्पनिले भनेको छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ।’ सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend