२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकले “बुद्धभुमि बचत खाता” सञ्चालनमा, ग्राहकले पाउनेछन् यस्ता सुविधा


सञ्चार डबली
  • शुक्रबार, चैत १ २०८१
  • 7.4K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकले “बुद्धभुमि बचत खाता” सञ्चालनमा, ग्राहकले पाउनेछन् यस्ता सुविधा

    शुक्रबार, चैत १, २०८१
    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताएका छन् ।

    यहि चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ।

    ५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत)  ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुने बैंकले जनाएको छ । यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न मिल्नेछ ।

    यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेविट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाइनेछ । खाता खोल्ने ग्राहकलाई निःशुल्क डीम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुने छ।

    ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

    संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त  गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend