२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट 


सञ्चार डबली
  • मंगलबार, फागुन २७ २०८१
  • 5.5K
    SHARES

  • images
    अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट 

    काठमाडौं । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ। एसियाली शेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ ।

    सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको शेयर बजारमा उच्च गिरावट देखिएको हो ।

    यद्यपि ट्रम्पले अर्थतन्त्रको बारेमा कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् भने उनका शीर्ष अधिकारीहरू र सल्लाहकारहरूले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् ।

    मंगलबार शेयर बजार खुल्दा जापानको निक्केई २२५ १.७ प्रतिशतले घटेको थियो। दक्षिण कोरियाको स्टक इन्डेक्स कोस्पी १.५ प्रतिशतले र हङकङको ह्याङसेङ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend