२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 6.2K
    SHARES

  • images
    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम

    आइतवार, फागुन २५ २०८१
    काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबीआई बैंक लिमिटेडले नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तराष्ट्रिय नारी दिवस मनाए । 

    काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ प्रशिक्षक र लेखिका पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशिताको विषयमा समेत चर्चा गरिएको थियो ।

    नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे बैंक हो । हाल बैंकका १०० शाखा, २२ एक्स्टेशन काउन्टर १९ शाखा रहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend