२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 5.7K
    SHARES

  • images
    ‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने

    काठमाडौं, फागुन २५ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।  

    केन्द्रीय बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय       संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।  

    राष्ट्र बैंकले आगामी चैत्र ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा÷साक्षरता,  वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम कार्यालयको सभाहलमा  आयोजना गर्ने जनाएको छ ।

    यस्तै चैत्र ८ गते शुक्रबारका दिन रुपन्देही जिल्लास्थित क्याम्पस (स्नातक तह)मा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ ।

    हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ ९२०८१ चैत ४ देखि १०० सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

    ‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend