२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति पर्ला ?


सञ्चार डबली
  • बिहीबार , फागुन २२ २०८१
  • 5.4K
    SHARES

  • images
    आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ , फागुन २२ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । 

    युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिदर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ नौ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend