२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार


सञ्चार डबली
  • बुधबार, फागुन २१ २०८१
  • 5.5K
    SHARES

  • images
     लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार


    काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८८ अङ्कले घटेर २ हजार ८ सय १६ दशमलव ४२ विन्दुमा झरेको छ ।

    आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज ग्रीन विकास बैंकको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ सय ८ वटा कम्पनीका २ करोड २८ लाख कित्ता शेयर १० अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend