२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबिच सम्झौता, ग्राहकहरूलाई ल्याब टेस्टमा विशेष  छुट


सञ्चार डबली
  • मंगलबार, फागुन २० २०८१
  • 5.4K
    SHARES

  • images
    कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबिच सम्झौता, ग्राहकहरूलाई ल्याब टेस्टमा विशेष  छुट

    मंगलवार, फागुन २० २०८१
    काठमाडौँ । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौँस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बिच छुट सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    उक्त सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा  १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend