२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 आजदेखि एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला


सञ्चार डबली
  • आइतबार, फागुन १८ २०८१
  • 7.0K
    SHARES

  • images
     आजदेखि एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला


    काठमाडौं । एभरेष्ट बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

    बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज  क्यापिटलले गरेको छ ।

    यस ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । 

    यसैगरी, बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend