२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर कति ?


सञ्चार डबली
  • आइतबार, फागुन १८ २०८१
  • 6.1K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर कति ?


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६० पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ ।

    यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend