२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से


सञ्चार डबली
  • बिहीबार , फागुन १५ २०८१
  • 6.5K
    SHARES

  • images
    सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से

    काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर बजारमा हरियाली छाएको हो ।

    आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भयो । कारोबारमा आएका १८६ कम्पनीको सेयर बढेका छन् ।

    आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रिइन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे । आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend