काठमाडौं । अब विद्युतीय सवारी (ईभी) खरिद गर्न चाहने ग्राहकहरूले कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत यसअघिको नीतिगत व्यवस्था परिमार्जन गरेको हो ।
समीक्षा प्रतिवेदनले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको गरेको छ । जसको अर्थ बैंकहरूले विद्युतीय सवारी खरिदमा त्यसको मूल्यको ६० प्रतिशतसम्म मात्रै ऋण प्रवाह पाउनेछन् भने ग्राहकले बाँकी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।
जब कि यसअघि विद्युतीय सवारी साधनहरूका लागि ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म रहेको थियो ।


