२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा झिनो अंकको सुधार, ८ अर्ब ६२ करोडको कारोबार 


सञ्चार डबली
  • बिहीबार , फागुन ८ २०८१
  • 6.0K
    SHARES

  • images
    नेप्सेमा झिनो अंकको सुधार, ८ अर्ब ६२ करोडको कारोबार 


    काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।

    नेप्सेका अनुसार आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १५८ को घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, वीन नेपाल लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।

    बिहीबारको कारोबारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ । गरिमा समृद्धि योजनाको शेयरमूल्य पनि आज ७.७० प्रतिशतले घटेको छ । नेपाल रिपब्लिक कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ६६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend