२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बेलायतद्वारा अवैध आप्रवासीमाथि कडाइ, छापा स्थान मै पुगे प्रधानमन्त्री सुनक


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 7.5K
    SHARES

  • images
    बेलायतद्वारा अवैध आप्रवासीमाथि कडाइ, छापा स्थान मै पुगे प्रधानमन्त्री सुनक

    काठमाडौं, ३ असार ।बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्। सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् । बेलायती गृह विभागले मारिरहेको छापाको अवोलकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री ऋषि सुनक आफै पनि सहभागी थिए ।

    प्रधानमन्त्री सुनक बुलेटप्रुफ भेस्ट लगाएर ब्रेन्ट (उत्तरी लन्डन) मा अध्यागमन प्रवर्तन अधिकारीहरूसँग गएका छन् । उनीहरुले गृह बिभागका अधिकारीहरूले गरिरहेको छापाको कामको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

     भारतीय मुलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।देशका आन्तरिक मन्त्री सुएला ब्रेभरम्यानले भनिन्, ‘अवैध कामले हाम्रा जनतालाई हानि पुर्‍याउँछ, इमान्दार कामदारलाई रोजगारीबाट ठगिएको छ र कर तिरेर सार्वजनिक कोषमा ठगी भएको छ।
     
    अध्यागमन प्रवर्तन अधिकारीहरूले सो अपरेशनको क्रममा बेलायतमा अवैध प्रतिष्ठानहरूमा छापा मारेका थिए। अधिकारीहरूले १ सय ५९ स्थानमा छापा मारेर १०५ विदेशी नागरिकलाई पक्राउ गरिसकेका छन, रेस्टुरेन्ट, कार धुने, नेल बार, नाई पसल र सुविधा स्टोर लगायतका व्यवसायिक परिसरवाट उनीहरुलाई पक्राउ गरिएको हो। 

    अवैध कारोबार गर्ने, नक्कली कागजात राख्नेलगायतका कसुरमा अभियुक्त पक्राउ परेका छन् भने कतिपय ठाउँमा नगद समेत बरामद गरिएको छ । सो छापा हान्ने काम निरन्तर जारी रहने जनाईएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend