२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बेलारुसमा राख्यो रुसले आणविक हतियार


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 9.5K
    SHARES

  • images
    बेलारुसमा राख्यो रुसले आणविक हतियार

    काठमाडौँ, २ असार । रुसले बेलारुसमा रणनीतिक आणविक हतियारको पहिलो समूह राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले यसका बारेमा जानकारी दिएका छन् । उनका अनुसार रुसको भूभाग वा राज्यलाई धम्की दिएमा मात्र प्रयोग सो आणविक हतियार प्रयोग गरिने बताए।

    उनले एक सार्वजनिक मञ्चमार्फत आणबिक हतियार बेलारुसमा पुर्याइएको जानकारी दिएका थिए । बेलारुस एक प्रमुख रुसी सहयोगी हो ।सो क्रममा राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।

    सेन्ट पीटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै रसियाका राष्ट्रपतिले भने, ‘ यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन भनेर देखाईएको हो ।’

    फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावनाको कतिको छ भनेर पुटिनलाई सोधेका थिए । जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन । हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहान्छौं, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो ।’

    उता रुसले बेलारुसमा आणबिक हतियार राखेको बिषयमा आफनो धारणा सार्बजनिक गरेको छ । युक्रेनमा आक्रमण गर्न क्रेमलिनले आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै संकेत नभएको अमेरिकी सरकारले बताएको हो ।‘हामीले रूसले आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेको कुनै संकेत देखेका छैनौं,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend