२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

४० दिन पछि अमेजन जंगलमा फेला परेकाले भने, ‘आमा चार दिनसम्म जिवितै हुनुहुन्थ्यो’


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 7.6K
    SHARES

  • images
    ४० दिन पछि अमेजन जंगलमा फेला परेकाले भने, ‘आमा चार दिनसम्म जिवितै हुनुहुन्थ्यो’


    काठमाडौं , २ असार । अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको जानकारी दिएका छन् । सो बिमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसवाट सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन ।

    वीवीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन, किनभने उनको प्राण गईरहेको थियो ।बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलवाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी रहेछिन ।’

    अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका दाजुभाइको बिमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट बाहिर निकालिएको थियो ।

    उनीहरुलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनाकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरुको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् ।

    ‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ ।’

    उनले आफनो प्राण त्याग्नु अघि आफना सन्तानलाई भनेकी रहिछिन, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमिहरुलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरुको अवस्था कस्तो छ भनेर बुवाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागि छिन,’ उनले भावुक हुदैँ भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend