२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण


सञ्चार डबली
  • सोमबार, माघ ७ २०८१
  • 5.6K
    SHARES

  • images
    मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण
    सुनसरी, माघ ७ । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

    पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गर्नुभयो ।

    कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ ।

    सांसद चौधरीले महिला सशक्तिकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर बस्ती बस्तीमा गईरहनु भएको छ । गत वर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गर्नु भएको थियो । तराईमा शीतलहरले जनजीवन कष्टकर बनिरहेको बेलामा न्यानो कपडा वितरणको निम्ति सांसद चौधरीले पहल गरेर कार्यक्रम ल्याउनु भएको हो ।
    0908 - Copy.jpg
     
    67555 - Copy.jpg
    vgt667.jpg

    gt6.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend