२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी


सञ्चार डबली
  • सोमबार, माघ ७ २०८१
  • 6.4K
    SHARES

  • images
    सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

    काठमाडाैं, माघ ७ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा माघ ७ गतेदेखि ९ गते सम्म संचालन हुनेछ ।

    भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    ३ दिने कार्यक्रममा बिमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । जस अन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।

    बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिए । उनले यस्तो प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने बताए।

    प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend