२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कृषि विकास बैंक लिमिटेडको ५८ औं बार्षकोत्सव कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • सोमबार, माघ ७ २०८१
  • 4.9K
    SHARES

  • images
    कृषि विकास बैंक लिमिटेडको ५८ औं बार्षकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडाैं, माघ ७ । कृषि विकास बैंकले आफ्नो ५८औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उप–प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए ।

    उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गरेका छन् ।

    हाल बैकिङ बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको छ । पछिल्लो समय समग्र अर्थतन्त्रका सूचकहरुमा सकारात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गरे ।

    उक्त अवसरममा प्रमुख अतिथीबाट बैंकको नयाँ वेब साइटको शुभारम्भ समेत गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथी नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गरे । पछिल्लो समय बैकिङ बजार केहि चुनौती भए पनि पालना गर्नु न्युनतम नियमको पालना गर्दै कषि विकास बैंकले गत आवमा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हित चाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै उनले बैंकको प्रशंसा गरे ।

    त्यसैगरी बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो ।

    बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागतगर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए ।

    समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदानगरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend