२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था


सञ्चार डबली
  • सोमबार, माघ ७ २०८१
  • 5.1K
    SHARES

  • images
    कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था

    काठमाडौँ, माघ ७ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार खुद ब्याज आम्दानी घटेर इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८५.०६ प्रतिशत घटेको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५१.६९ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

    बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने  जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend