२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकको वित्तीय अवस्था: खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो


सञ्चार डबली
  • सोमबार, माघ ७ २०८१
  • 4.4K
    SHARES

  • images
    नबिल बैंकको वित्तीय अवस्था: खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

    काठमाडौँ, माघ ७ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार बैंकको मुनााफा सामान्य बढेको छ ।

    समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले बढेको छ । बैंकले चालु आवको ६ महिनामा तीन अर्ब २४ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले तीन अर्ब २० करोड ३० लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर आठ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

    त्यस्तै,  बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।

    बैंकको चुक्ता पूँजी  २७ अर्ब ०५ करोड ६९ लाख रुपैयाँ  रहेको छ भने  जगेडा कोषमा एक अर्ब ८९ करोड १७ लाख रुपैयाँ सञ्चिती छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend