२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माता सरस्वतीको मूर्ति बनाउन व्यस्त कुमालेहरू, ५० हजार आम्दानी गर्ने लक्ष्य


सञ्चार डबली
  • आइतबार, माघ ६ २०८१
  • 6.4K
    SHARES

  • images
    माता सरस्वतीको मूर्ति बनाउन व्यस्त कुमालेहरू, ५० हजार आम्दानी गर्ने लक्ष्य

    काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा नजिकिँदै जाँदा कुमालेहरू मूर्ति बनाउन व्यस्त देखिएका छन् । सरस्वती पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने भएकाले रौतहटको सदरमुकाम गौर लगायत देभभरका विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालीगढहरु सक्रिय छन् । 

    हिन्दु परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक संघसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गर्दछन् । सरस्वतीको मूर्ति बाँस, पराल, माटो र रंगको संयोजन गरेर बनाउने गरिन्छ।सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय लुकेको मूर्तिकारहरु बताउँछन् । 

    बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी माघ २७ गते आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई सोही दिन अक्षरारम्भ गराउने चलन छ ।

    बसन्तपञ्मीको दिनलाई विद्यार्थीभाई बहिनीहरुले शिक्षकी देवीको रुपमा चिनिने सरस्वतीमाताको प्रतिमा मूर्तिलाई सजाई पूजा गर्ने चलन छ । सरस्वती पूजाको दिन नजिकीए संग कलाकार लाई भ्याइ नभ्याइ भएको हो । उनीहरुले यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेका छन् । रौतहटका शैक्षिक संस्था , टिउसन सेन्टर, निजी विधालय, कोचिङ्ग सेन्टर का विधार्थीहरुले दिएको अर्डर अनुसारको मूर्ति बनाउन र सजाउन साथै रंगरोगन गर्न यहाँका कारीगरहरु दिनरात मेहनत गर्दै खट्दै छन् । आजकाल रौतहटको गौरको कबिर चौक, धर्मशाला चौक, गरुडा, शिवनगर, कटहरिया, माधोपुर लगायतका स्थानमा कलकारहरु मूर्ति बनाउन व्यस्त छन् 

    यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेको गौरका मूर्तिकार शिव कुमार पण्डितले बताए । एउटा सरस्वतीको मूर्तिको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले जानकारी दिए । सरस्वती पूजाको अवधिभरमा करीब एकलाख ५० हजार भन्दा बढी रुपैयाँसम्मको आम्दानी गर्ने गरेको उनले बताए । आफुले आकर्षक मुर्ति बनाउने गरेका कारण अहिले  विभिन्न बिद्यालयबाट अर्डर आएको उनको भनाइ छ ।  विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गदछ। यस बर्ष माघ २१ गते सरस्वती पूजा परेको छ ।

    बर्सेनि माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी माघ २१ गते देशभर मनाइँदैछ । वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई सोही दिन अक्षरारम्भ गराउने चलन छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend