२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कृषि विकास बैंक लि.को प्रभातफेरी कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • शनिबार, माघ ५ २०८१
  • 7.6K
    SHARES

  • images
    कृषि विकास बैंक लि.को प्रभातफेरी कार्यक्रम सम्पन्न

    काठमाडौं, माघ ५ । कृषि विकास बैंक लि.ले ५८औं बार्षिकोत्सवको सुखद अवसरमा संचालित बिभिन्न कार्यक्रम मध्येको प्रभातफेरी कार्यक्रम आज मिति २०८१ माघ ५ गते सम्पन्न गरेको छ ।

    वित्तीय साक्षरताको लागि जनचेतना पु¥याउने उद्देश्यका साथ आयाजित यस कार्यममा मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पूनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता जनाएका थिए ।

    prabhat feri program photo.jpeg

    बार्षिकोत्सवको अवसरमा बैंकले एडिबिएल कर्पोरेट फुटसल टुर्नामेन्ट २०८१ समेत २०८१ माघ ५ गते नै सम्पन्न हुने गरी रोयल नेपाल फुटसल एकेडेमी पेप्सी भक्तपुरमा संचालन गरेको छ । बिभिन्न बैंक, बिमा, कोष, एअरलाइन्स, होटेल, इन्टरनेट सेवा प्रादयक कम्पनी लगायत कर्पोरेट हावसहरुको खेलाडी सहभागी रहेको यस खेल बिगत ३ दिनदेखि संचालन भई रहेको छ ।

    बैंकले मिति २०२४ साल माघ ७ गते स्थापना दिवसको स्मरणार्थ गरेको बिभिन्न कार्यक्रमहरु मध्ये अन्तिम कार्यक्रम मिति २०८१ माघ ७ गते मुख्य कार्यालयमा विशिष्ट अतिथीहरुको उपस्थितिमा सम्पन्न गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend