२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो साधारण शेयर बिक्रीको अनुमति


सञ्चार डबली
  • शनिबार, माघ ५ २०८१
  • 10.6K
    SHARES

  • images
    दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो साधारण शेयर बिक्रीको अनुमति


    काठमाडौं । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ ।

    बोर्डले क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

    यस्तै, बोर्डले ओम मेगाश्रीलाई १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

    यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ ।

    बोर्डमा हालसम्म ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend