२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कृषि विकास बैंक कर्मचारी संघको रक्तदान कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, माघ ४ २०८१
  • 6.6K
    SHARES

  • images
    कृषि विकास बैंक कर्मचारी संघको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौ, माघ ४ । कृषि विकास बैंकको ५८औँ बार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    यसैगरी, कृषि विकास बैंक कर्मचारी संघ नेपालको बिरेन्द्र नगर समिति चितवन र सुदुरपश्चिम प्रदेश समिति धनगढीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    कृषि विकास बैंक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितिले माघ महिनाभित्र देशभर नै रक्तदान गर्ने कार्यक्रम आयोजना गरेका छन् ।

    कार्यक्रमको उद्देश्य रगतको अभावमा हुने मानव जीवनको क्षतिलाई न्यूनीकरण गर्नु र समाजमा सेवाभाव फैलाउनु रहेको छ । संघको नेतृत्वमा आयोजित यस रक्तदान कार्यक्रममा मु.का समितिअन्तर्गत कुल १०१ युनिट बिरेन्द्रनगर समितिअन्तर्गत ३५ युनिट र सुदुरपश्चिम समितीअन्तर्गत ३५ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरुको रगत अभाव पुरा गर्न सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।

    मुख्य कार्यालय समितिको कार्याक्रम पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद नेपालको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

    साथै, बैंक बीमा वित्तीय संस्था कर्मचारी संघ नेपाल (बिफु नेपाल)का अध्यक्ष धर्मराज मैनाली, कृषि विकास बैंक कर्मचारी संघको अध्यक्ष लिला जिसी तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुखसहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशसा गर्दै बैंक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरुलाई निरन्तरता दिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend