२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो बचतमै मुद्दती सरहको ब्याज पाइने ‘रिकरिङ्ग बचत खाता’


सञ्चार डबली
  • बिहीबार , माघ ३ २०८१
  • 6.4K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो बचतमै मुद्दती सरहको ब्याज पाइने ‘रिकरिङ्ग बचत खाता’

    काठमाडाैं  , माघ ३ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी ‘बाल बचत रिकरिङ डिपोजिट अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

    बैंकले बालबालिकाहरुको भविष्यमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचत मै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको हो ।

    यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् । जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

    अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ति पश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने र मात्र रु ५०० बाट समेत शुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरूको शिक्षा दीक्षा तथा अन्य वित्तीय आवश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकहरुका लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend