२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा : कुल ७ प्रतिशत लाभांश पारित


सञ्चार डबली
  • बिहीबार , माघ ३ २०८१
  • 6.1K
    SHARES

  • images
    लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा : कुल ७ प्रतिशत लाभांश पारित

    काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सोमबार आयोजित १७औँ वार्षिक साधारण सभा आ.ब. २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको हो ।

    आ.ब.२०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरूसँगै शेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराइको अध्यक्षतामा सम्पन्न सभामा आ.ब.२०८१/८२ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । 

    लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend