२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वाणिज्य बैंकहरुले कमाए ३० अर्ब बढी खुद नाफा, कुन बैंकको नाफा कति ?


सञ्चार डबली
  • सोमबार, पुस २९ २०८१
  • 7.3K
    SHARES

  • images
    वाणिज्य बैंकहरुले कमाए ३० अर्ब बढी खुद नाफा, कुन बैंकको नाफा कति ?


    काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३० अर्ब बढी खुद नाफा कमाएका छन् ।नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ मङ्सिरसम्मको अवधिमा कुल ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
      
    यो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले करिब ३ अर्ब ४९ करोड खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ। यस्तै दोस्रोमा रहेलो ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

    यस बाहेक कुमारी बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, एनएमबिले १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा गरेका हुन्।

    त्यसैगरी नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छ्न्। सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ, र सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छ्न्।

    यस्तै माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ र  एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छ्न्। यस अवधिमा कृषि बिकास बैंक भने नोक्सानी गएको राष्ट्र बैंकको ५ महिनाको पारम्भिक तथ्यांकले देखाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend