२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन  : एनआरएन अध्यक्ष केसी


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 12.1K
    SHARES

  • images
    रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन  : एनआरएन अध्यक्ष केसी

    काठमाडौंं, ३१ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए।

    सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन्। भम्रण तथा विद्यार्थी भिसामा रसिया पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ।

    तर, रसियामै बस्ने संघका अध्यक्ष डा.केसीले भने यसविषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए। ‘यसविषयमा हामीलाई केही जानकारी छैन। मैले पनि तपाईँले जस्तै सामाजिक सञ्जालमा देखेको हुँ,’ डा.केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन। दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु।’ यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा.केसीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend