२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • आइतबार, पुस २८ २०८१
  • 5.9K
    SHARES

  • images
    सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

    आइतवार, पुस २८ २०८१
    काठमाडौं । सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीलगायतको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको हो ।

    सिद्धार्थ बैंकको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाज्यू को अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

    साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/– (छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, “एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट श्री राहुल अग्रवाल , श्री दिनेश शंकर पालिखेर श्री बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट श्री अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रा.लि. र श्रीे भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित हुनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend