२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अवैध लागुऔषधसहित तीनजना पक्राउ


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 8.6K
    SHARES

  • images
    अवैध लागुऔषधसहित तीनजना पक्राउ

    काठमाडौं, ३१ जेठ । बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    कपिलवस्तु, बाणगंगा नगरपालिका–८ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय तोरण बहादुर थापा र २४ वर्षीय किसन पौडेल रहेका छन् ।

    थापाको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend