२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसद्धारा आक्रामण, ११ जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 8.6K
    SHARES

  • images
    युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसद्धारा आक्रामण, ११ जनाको मृत्यु


    काठमाडौ, ३१ जेठ । रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलवार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारवाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्।

    क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताए।रुसले आक्रामण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो।

    रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्‍यो, जसले सो क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। यो विनाश रूसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो । पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रामण भएको हो ।

    जेलेन्स्कीले केही तस्विरहरू सेयर गरेका छन् जसमा अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। जेलेन्स्कीले लेखेका छन, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रूसी हत्याराहरूले आवासीय भवनहरू, शहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend