काठमाडौं, पुस २६ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको छ।
बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएकोले खरिद प्रस्ताव गर्दा तोकिएको अवधिसम्म आवेदन नआएपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो ।
तसर्थ, शेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित बाघदरबाको जेडिए कम्प्लेक्समा निवेदन दिनु पर्नेछ।


